कालीगण्डकी फाउण्डेशनको आयोजनामा रामपुरमा निःशुल्क कृतिम दाँत शिविर सुरु

पाल्पा, दाँत झरेर समस्यामा परेका नागरिकहरुलाई लक्ष्यित गरी पाल्पाको रामपुरमा निःशुल्क कृतिम दाँत शिविर सुरु भएको छ । कालीगण्डकी फाउण्डेशन नेपाल रामपुर पाल्पाको आयोजना र ट्राभल डेन्टिस्ट्री नेपालको प्राविधिक सहयोगमा शिविर सुरु भएको हो ।

शिविरको आइतबार नमस्ते होटलको सभाहल बेझाँडमा एक कार्यक्रमका विच शुभारम्भ गरिएको हो । शिविरको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले दाँत नभएर समस्यामा परेका नागरिकको लागि यो शिविर वरदान सावित हुने बताउनुभयो । फाउण्डेशनले स्वास्थ्य तथा शिक्षामा दिएको योगदानको प्रशंसा गर्दै उपप्रमुख थापाले नगरपालिकाले पनि सुखी र समृद्ध नगरको लागि आवश्यक स्वास्थ्य र शिक्षामा आवश्यक पहल गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने पाचन, बोली र सुन्दरताको लागि दाँतको महत्व रहेको भन्दै नागरिकको मुहारमा चमक ल्याउन शिविरले सहयोग गर्ने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रका कमीकमजोरी सुधारका लागि नगरपालिकाले पनि पहल गर्दै आएको जानकारी दिनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता एवं रामपुर नगरपालिका १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले दाँतले खुशी सात्न मात्र नर्भै दिर्घजिवन जिउन सहज गराउने बताउनुभयो ।

रामपुर अस्पताल विकास समितिका अध्यक्ष रमेश ढकालले दाँतको समस्या भएका नागरिकहरुका लागि शिविर कोसेढुङ्गा सावित हुने बताउनुभयो । रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारीले मानविय सेवामा फाउण्डेशनले दिएको योगदानको चर्चा गर्नु भएको थियो । ट्राभल डेन्टिस्ट्री नेपालका संयोजक डाक्टर शंकर श्रेष्ठ र दन्तरोग विशेषज्ञ डाक्टर वर्षा घिमिरेले कृतिम दाँतको उपयोगिता र शिविरको प्रक्रियाका बारेमा जानकारी दिनुभएो थियो । कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले दाँत झरेर चपाउन, बोल्न समस्या भएका पाल्पाको रामपुर, निस्दी, पूर्वखोला र रम्भाका नागरिकहरुको लागि शिविर सञ्चालन गरिएको बताउनुभयो ।

कालीगण्डकी फाउण्डेशन नेपालका उपाध्यक्ष पवित्रा पौडेल ढकालले फाउण्डेशनले हाल सम्म गरेका कार्यको बारेमा जानकारी गराउनु भयो । कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष पवित्रा पौडेल ढकालको स्वागत र सचिव सीता डोटेलको सञ्चालनमा भएको हो । गत फागुन ७ गते सम्म शिविरमा नाम दर्ता गराएका नागरिकहरुलाई उपचार पश्चात निशुल्क कृतिम दाँत राखिदैछ । शिविरको बैशाख ८ गते विधिवत रुपमा समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?