कालीगण्डकी नदीको किनारा रामपुर ४ कोप्चेघाटमा शव फेला

पाल्पा, कालीगण्डकी नदीको किनारामा सोमबार विहान एक महिलाको शव फेला परेको छ । रामपुर नगरपालिका ४ कोप्चेघाट स्थित कालीगण्डकी नदीको किनारमा सोमबार शव फेला परेको हो ।

फेला पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका ८ दामाचौर बस्ने ५३ वर्षीय सरस्वती पाठक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शव पोष्टमार्टमको लागि रामपुर अस्पताल पाल्पामा पठाएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?