व्यक्तिगत घटना दर्ता सप्ताहव्यापि अभियानको सचेतना कार्यक्रम रामपुरमा सम्पन्न

पाल्पा , रामपुर नगरपालिका वडा नं ५ मा व्यक्तिगत घटना दर्ता सप्ताहव्यापि अभियानको सचेतना कार्यक्रम बुधबार  सम्पन्न  भएको छ ।

कार्यक्रममा बोल्दै रामपुरन नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले विभिन्न घटना दर्ताको काम गर्ने क्रममा धेरै त्रुटि र समस्याका कारण न्यायीक समितिमा समेत धेरै मुद्दा आएको भन्दै सावधानिपूर्वक समयमै व्यक्तगत घटना दर्ता गर्नु पर्ने बताउनु भएको छ । विभिन्न समस्याको सत्यतथ्य पहिचान गरेर काम गर्नु पर्ने भन्दै घटना दर्ताका लागि सवैको सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो ।  यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सप्ताहव्यापि घटना दर्ताका बारेमा जानकारी दिंदै जिज्ञासाको जवाफ दिनुभएको थियो । जन्मदर्ता, विवाहदर्ता, सम्बन्धबिच्छेद, बसाइँसराइ, मृत्युदर्ता जिवनमा आइपर्ने घटना ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा दर्ता गर्नु पर्छ भन्ने कुरा सबैमा जानकारी दिन यसलाई सप्ताहव्यापि कार्यक्रममार्फत जानकारी दिइएको उहाले बताउनुभएको छ । कार्यक्रममा निवर्तमान वडाध्यक्ष हिमाल मल्लले व्यक्तिगत घटना दर्तामा सबैभन्दा बढि बिवाह दर्तामा झमेला आउने गरेको र यश कार्यलाई सरोकारवाला सबैले सहयोग गरेर सरल बनाउनुपर्ने बताउनुभएको छ ।

रामपुर नगरपालिका वडा नं.५ का  वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यपालिका सदस्य माया नेपालीको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको थियो । कार्यक्रममा वडाभित्र रहेका विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, स्वास्थ्य स्वयमसेविका, टोल विकास संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?