तिनाउ ३ मा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका ३ मा शुक्रबार दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । ठक्कर बाट स्कुटर चालक बगनासकाली गाउँपालिका ४ बस्ने ४३ वर्षिय राजेन्द्र न्यौपानेको मृत्यु भएको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–३ फुलगैरामा गुल्मी बाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशा बाट जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक न्यौपाने घाईते भएका थिए ।

घाईते न्यौपानेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बस र बस चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भैरहेको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?