पाल्पा, रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाले तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ बाट साढे ४० लाख बढी बचत गर्न सफल भएको छ । गत माघ २७ देखि फागुन ८ सम्म सञ्चालन भएको मेला बाट ४० लाख ५२ हजार २ सय ३५ रुपैयाँ बचत गर्न सफल भएको संघले जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलन मार्फत खर्च सार्वजनिक गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले महोत्सव बाट भएको आम्दानी मध्ये बाट खर्च कटाएर ४० लाख ५२ हजार २ सय ३५ रुपैयाँ बचत भएको बताउनुभयो । उहाँका अनुसार प्रवेश टिकट विक्री बाट ४६ लाख ४७ हजार ५ सय ८०, विशेष टिकट विक्री बाट ३८ हजार २ सय ५०, स्टल तथा होटल बाट ४१ लख ५ हजार, प्रयोजक तथा सहप्रयोजक बाट ८ लाख ३६ हजार ५ सय ५०, भलिबल खेल बाट २६ हजार ४ सय, कृषि ज्ञान केन्द्र पाल्पा बाट ७१ ह्जार १ सय ७०, रामपुर नगरपालिका बाट १० लाख, पूर्वखोला, निस्दी र रम्भा गाउँपालिका बाट ५०/५० हजार गरी १ करोड ८ लाख ७४ हजार ९ सय ५० आम्दानी गर्न सफल भएको थियो । जसमा मेला सञ्चालनको क्रममा ६८ लाख २२ हजार ७ सय १५ खर्च भएको जानकारी दिनुभयो ।
आम्दानी भएको रकम मध्ये पालिका बाट रकम भुक्तानी लिन बाँकी रहेको बताउनुभयो । मेला बाट बचत भएको रकम संघको भवन निर्माण, व्यवस्थित रुपमा कार्यालय सञ्चालन र संघका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि खर्च गरिने जानकारी दिनुभयो । उहाँले सबैको साथ र सहयोग बाट मेला सफल भएको बताउँदै केही रकम आउन ढिला भएकाले समयमै खर्च सार्वजनिक गर्न नसकिएको जानकारी दिनुभयो । लेखापरीक्षण पश्चात खर्च सार्वजनिक गरिएको बताउनुभयो । संघले पूर्वी क्षेत्रका व्यवसायीहरुको सहजताको लागि कार्यालय बाट नियमित सेवा प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा मेला प्रचार प्रसार समितिका संयोजक बासुदेव ढकाल, संघका पूर्व महासचिव कृष्ण पौडेल र नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सृजना घिमिरे र राष्ट्रिय समाचार समिति संवाददाता सुशिला रेग्मीले आफ्ना धारणा राख्दै मेला पूर्ण रुपमा सफल भएको बताएका थिए । संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको स्वागत बाट सुरु भएको थियो । संघका वाणिज्य उपाध्यक्ष विष्णु सारुले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । रामपुर उद्योग वाणिज्य संघको सभाहल नहरअफिसमा भएको कार्यक्रमको सञ्चालन सचिव विनोद श्रेष्ठले गर्नु भएको हो ।
संघको भवन निर्माण, कोरोना महामारीले धरासयी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, कालीगण्डकी बेशी क्षेत्रको पहिचान संगै पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरुको प्रोत्सानका लागि संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा मेला सञ्चालन भएको थियो ।