सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको जोरधारामा बस दुर्घटना (विस्तृत जानकारी आउन बाँकी)

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पामा बस दुर्घटना भएको छ । बुटवल बाट वुर्तिबाङ्ग तर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस जोरधारा नजिकै दुर्घटना भएको हो ।

आज विहान भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको खबर प्राप्त भएको छ । घटनास्थलमा घाईतेहरुको उद्धार गरी अस्पताल पठाउने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्ररहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बस भीरमा अड्किएको अवस्थामा रहेको छ । यात्रु कति थिए भन्ने यकिन भैनसकेको उहाँले जानकारी दिनुभयो ।

घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?