प्रेस युनियन पाल्पा शाखाको अधिवेशन वैशाख ३१ गते हुने

पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाको अधिवेशन यही वैशाख ३१ गते हुने भएको छ । शनिबार बसेको युनियनको कार्यसमितिको बैठकले शाखाको नवौँ अधिवेशन वैशाख ३१ गते तानसेनमा गर्ने निर्णय गरेको हो ।

युनियनको केन्द्रीय सचिवालयको बैठकले वैशाख १६ देखि ३१ गतेसम्म देशका ७७ वटै जिल्ला शाखाको अधिवेशन गर्ने निर्णय गरे अनुुरुप पाल्पा शाखाले अधिवेशनको मिति तय गरेको युनियनका सभापति भरत शर्माले बताउनुभयो । बैठकले अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समिति र उपसमिति गठन गरेको छ । जिल्ला सभापति भरत शर्माको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिमा युनियनका पदाधिकारी, कार्यसमिति सदस्य, युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, केन्द्रीय सदस्य शुुसिला रेग्मी, युनियन लुुम्बिनी प्रदेशका लेखासमिति संयोजक मुक्ति प्रसाद न्यौपाने, प्रदेश सदस्य सीमा भट्टराई, अनुु खनाल, युनियन पाल्पाका शाखाका सल्लाहकार झपेन्द्र गहिरे, जगदीश भट्टराई, प्रकाश नेपाल, युनियनका पूर्व उपसभापति कविराज नेपाल, पूर्व केन्द्रीय पार्षद् शंकर भण्डारी सदस्य रहेका छन् ।

यस्तै युनियनका सचिव रामचन्द्र रायमाझीको संयोजकत्वमा निमन्त्रण कार्ड, व्यानर, मञ्च व्यवस्थापन उपसमिति गठन गरेको छ । जसमा युनियनका सदस्यहरु जीवन तिवारी, सुमन कार्की, भविश्वर पौडेल, दिपक पोखरेल, विष्णुु घिमिरे, सन्तोष गहतराज सदस्य रहेका छन् । युुनियनका कोषाध्यक्ष विष्णुु खनालको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसमा युुनियनका उपसभापति पुुष्करराज रेग्मी, केन्द्रीय सदस्य सुुशिला रेग्मी, लुुम्बिनी प्रदेशका लेखा समिति संयोजक मुक्ति प्रसाद न्यौपाने, केन्द्रीय पार्षद् दुुर्गेश मल्ल, कार्यसमिति सदस्य दानुु हिस्की सदस्य छन् ।

यस्तै पत्रकारिता पुरस्कार छनौट उपसमिति पनि गठन गरिएको छ । युनियनका सल्लाहकार झपेन्द्र गरिहेको संयोजकत्वमा सहल्लाहकारहरु जगदीश भट्टराई, प्रकाश नेपाल सदस्य रहेका छन् । युनियनका कार्यसमिति सदस्य अनिल लिगलको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसमा कार्यसमिति सदस्यहरु शर्मीला थापा, इमानसिं राना, अनुु खनाल सदस्य रहेका छन् । उपसभापति मन गहिरेको संयोजकत्वमा अतिथि सत्कार उपसमिति पनि गठन गरिएको छ । जसमा केन्द्रीय सदस्य शुसिला रेग्मी, सह–सचिव सरस्वती दंगाल,सदस्यहरु सरिता रेग्मी, वविता विष्ट, प्रेरणा नेपाल, सदस्य रहेका छन् ।

यस्तै बैठकले निर्वाचनका लागि अधिवक्ता शिवप्रसाद देवकोटालाई निर्वाचन संयोजक तोकेको छ, भने लेखापरीक्षणका लागि रजिष्टर लेखापरीक्षक राधेश्याम ज्ञवालीलाई लेखापरीक्षक तोकेको छ । बैंठक युनियनका सभापति भरत शर्माको अध्यक्षता, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?