गेझा सनराईज इंङ्गिलस बोर्डिङ स्कुल रामपुर पाल्पाको १७ औँ बार्षिक उत्सव सम्पन्न

 


पाल्पा , गेझा सनराईज इंङ्गिलस बोर्डिङ स्कुल रामपुर १० गेझा पाल्पाको १७ औँ बार्षिक उत्सव तथा अविभावक भेला एवं पुरस्कार वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

बार्षिक उत्सव कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विद्यार्थीको शिक्षा किताबी ज्ञानले मात्र पर्याप्त नहुने भन्दै समय अनुसारको व्यवहारिक शिक्षा आजको आवश्कता रहेको बताउनु भएको छ । विद्यालयले शिक्षालाई परिमार्जन गरेर गुणस्तरिय शिक्षा प्रदान गर्नु पर्ने बताउनुभयो । साथै बालबालिका र विद्यार्थीको क्षमता , चहाना र आवश्यकता अनुसारको शिक्षा प्रदान गर्न सके मात्र शिक्षणले सार्थकता पाउने उल्लेख गर्नुभयो । नगर प्रमुख थापाले शिक्षा मानिसको चेतना र विचार भएको भन्दै यसको प्राप्ति विद्यालयबाट हुने बताउनुभयो । निजी क्षेत्रबाट नगर भित्रको शैक्षिक विकासमा पु¥याएको योगदानको चर्चा गर्दै आफुले गुणस्तरिय शिक्षा र समृद्ध नगरपालिकाको परिकल्पना गरेको बताउनुभयो ।

 

रामपुर १० पाँयटारमा भएको कार्यक्रममा रामपुर नगरपालिका वडा नं. १० का सदस्य पिताम्बर ओस्ती , जनकल्याण माध्यमिक विद्यालयका अध्यक्ष शुक्रराज भण्डारी , शेयर सदस्य हरेराम भण्डारी , विद्यालयका पूर्व प्रिन्सिपल दर्वेन्द्र देव खनाल , पूर्व अध्यक्ष रामचन्द्र भण्डारी , संस्थापक अध्यक्ष कृष्णराज भण्डारी , नेपाल शिक्षक महासंघ प्रदेश प्रतिनिधि दामोदर तिमिल्सिना , जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्द प्रसाद भण्डारी , विद्यालयका पूर्व प्रिन्सिपल ध्रुव भण्डारी , संस्थापक सदस्य गोपाल जोसी लगाएतले बोल्दै विद्यालयको प्रगतिको कामना सहित शुभकामना दिनु भएको थियो ।

बार्षिक उत्सवका अवसरमा विद्यालयका प्रिन्सिपल संगिता भण्डारीले विद्यालयको बार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुंगराज पौडेलको अध्यक्षतामा भएको बार्षिक उत्सव समापन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विद्यालयका शिक्षक रामहरि भण्डारीको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन प्रिन्सिपल संगिता भण्डारीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?