“उद्यम गर्नुस् नगरपालिकाले व्याज अनुदान दिन्छ ” – रामपुर नगर प्रमुख थापा

पाल्पा , रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले युवा तथा कृषकहरुलाई व्यवसायी र उद्यमशील भई आत्मनिर्भर बन्न आग्रह गर्नु भएको छ । नगरलाई कृषि तथा पशु पालन क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि युवाहरुले व्यवसायीक रुपमा उद्यम गर्न आवश्यक रहेको भन्दै यस्तो आग्रह गर्नु भएको हो ।

रामपुर १० पाल्पामा भएको ३ दिने हेफर आधारशिलता तालिमको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले उद्यमी युवाहरुलाई नगरपालिकाले व्याज अनुदान सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “व्यवसायीक रुपमा उद्यम गर्नुस तपाईहरुलाई व्याज अनुदान नगरपालिकाले दिन्छ । ” कृषि तथा पशुपालन व्यवसाय गर्न चहाने मेहेनती युवाहरुलाई नगरपालिकाले ३० लाख रुपैयाँ सम्मको व्याज अनुदान प्रदान गर्ने बताउनु भएको छ ।त्यसका लागि भने नगरपालिकाले ताेकेकाे मापदण्ड पूर  गर्नु पर्ने बताउनुभयो ।  बास्तविक कृषक र उद्यमीले अनुदान पाओस भन्ने उद्देश्यले व्याज अनुदान कार्यक्रम ल्याएको बताउँदै निरन्तर व्यवसायीक रुपमा अगाडी बढ्न अनुरोध गर्नुभयो । नगरका युवाहरुलाई पशुपालन तर्फ आकर्षित गर्न र प्रभावकारी बनाउन हेफर संगको सहकार्यमा रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. १० का वडा सदस्य सुमित्रा बर्मेलीले तालिममा सिकेका ज्ञानसिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । रामपुर १० काभ्रेघारीमा भएको कार्यक्रममा सहभागिको तर्फबाट कृष्ण अधिकारी र गणेश भण्डारीले बोल्दै तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

३ दिने हेफर आधारशिला तालिम रामपुर १० गेझा पाल्पामा मंगलबार सम्पन्न भएको हो । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी र पछौटेपन उन्मूलन समाज वेस नेपालको सहजिकरणमा गेझा युवा उद्यमी समुहका सदस्यहरुको लागि दिईएको तालिम सम्पन्न भएको हो । गेझा युवा उद्यमी समुहका अध्यक्ष ज्ञान प्रसाद भण्डारीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको संचालन रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना कार्यक्रमका संयोजक सञ्जु परियारले गर्नु भएको थियो ।

३ दिन सम्म चलेको तालिमको सहजिकरण रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सन्जु परियार , सामुदायीक सहजकर्ता केश बहादुर थापा र निर्मला पौडेलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?