पाल्पा, पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा विहिबार दिउँसो डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका–८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय रहेका छन् ।
तिनाउ गाउँपालिका –३ स्थित तिनाउ खोलाको ड्यामसाइडमा पौडी खेल्ने क्रममा उनी दिउँसो पौने २ बजे डुबेर बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा उनी दिउँसो ३ः५५ मासोही स्थानमा मृत अवस्थामा फेला परेकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।