पाल्पा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ रामपुर पाल्पाको दोस्रो अधिवेशन रामपुरमा भएको छ । राम्चे सामुदायिक वनको सभाहल बेझाँडमा भएको अधिवेशनले विन्दु श्रेष्ठको अध्यक्षतामा २० सदस्य नयाँ कार्यसमिति सर्वसहमतिमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा ताजिम शेख, सचिवमा जुनु शेख, कोषध्यक्षमा तेज कुमारी बस्याल रहनु भएको छ । समिति सदस्यहरुमा वृहस्पति खाँड, मोहन प्रसाद कंडेल, शिवराज सिग्देल, सोवित खड्का, संगिता पोखरेल, विष्णु सुवेदी, सविता पराजुली, इश्वरी खनाल, सन्जु परियार, मुना थापा, शिव कुमारी पौडेल, हरि आचार्य, प्रेमकला नेपाली, दिपकमणी अर्याल, कृष्ण शाही ठकुरी र टंक प्रसाद सेंढाई रहनु भएको छ । समितिको लेखा समिति संयोजकमा गोपाल श्रेष्ठ, न्यायिक समिति संयोजकमा लक्ष्मी थापा र सदस्यमा मोहन सिं राना, अनुगमन समिति संयोजकमा राधिका भण्डारीलाई चयन गरेको महासंघले जनाएको छ ।
त्यस्तै अधिवेशनले जिल्ला प्रतिनिधिमा कृष्ण प्रसाद श्रेष्ठ, यज्ञमूर्ति घिमिरे र मित्रा ढकाललाई चयन गरेको छ । प्रदेश प्रतिनिधिमा कृष्ण प्रसाद श्रेष्ठलाई चयन गरेको छ । गमलामा पानी राखेर अधिवेशनको उट्घाटन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले सामुदायिक वन उपभोक्ताको अधिकारका लागि महासंघ स्थापनाको समय देखि सक्रिय हुँदै आएको बताउनुभयो । उहाँले महासंघले वन संरक्षण संगै मुलुकको परिवर्तनमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो । साथै उहाँले सामुदायिक वनका उपभोक्ता आफ्नो अधिकारको लागि थप सक्रिय र जुजारू भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष निरञ्जन भुसालले रामपुर आफैमा गौरवशाली ईतिहास बोकेको नगर रहेको भन्दै सामुदायिक वन संरक्षणमा भएको पहलको प्रशंसा गर्नु भयो । उहाँले वन ऐनको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेश सदस्य विन्दु श्रेष्ठ, यज्ञमुर्ति घिमिरे, रामपुर नगरपालिका वडा नं. ४ का वडा सदस्य मोहन सिं राना, सव डिभिजन वन कार्यालय रामपुरका केश बहादुर खण्डलु, कोप्चे सामुदायिक वनका अध्यक्ष लेखनाथ पोखरेल, रानीवन तथा वडभान सामुदायिक वन उपभोक्ता समुहका सहसचिव तथा पत्रकार सञ्जु देवी परियार, राम्चे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दयराम गैरे, रुचुन डाँडा सामुदायिक वन उपभोक्ता समुहका सचिव वृहस्पती मल्ल लाएतले शुभकामना सहित आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ रामपुर पाल्पाका अध्यक्ष मित्रा ढकालले ४ वर्षको अवधिमा महासंघले सञ्चालन गरेका गतिविधिको बारेमा जानकाकरी दिनु भएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ रामपुर पाल्पाका कोषाध्यक्ष विष्णु माया गैरेले १ लाख ६० हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ रामपुर नगर अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा भएको कार्यक्रम सदस्य इश्वरी देवि खनालको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई स्थानीय महासंघ रामपुरका सदस्य एवं रामपुर ४ का वडा सदस्य ताजिम शेखले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन स्थानीय महासंघ रामपुरका सचिव लक्ष्मी थापाले गर्नु भएको हो ।