पौडी खेल्ने क्रममा कालीगण्डकीमा डुवेर एक युवक बेपत्ता

पाल्पा,कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुवेर रामपुर नगरपालिका–४ कोप्चेघाट बाट शनिबार एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारतको हिमान्चल प्रदेश कसैलि घर भई हाल रामपुर–५, बेझाँड स्थित ट्याटु हाउसमा साथी संग काम सिक्न आएका २१ वर्षिय अभिषेक राउत रहेको प्रहरीले जनाएको छ ।

राउत अपरान्ह ३ बजेर ५० मिनेट जाँदा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो । उनको खोजी कार्य भैरहेको उहाँले जानकारी दिनुभयो । शनिबारको दिन भएकाले राउत साथीहरु संगै पौडी खेल्न गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?