पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिका-३ मा काफल टिप्ने क्रममा रुख बाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-३ छचुवा बस्ने मंगल कुमालको छोरा १८ वर्षिय सुर्य कुमाल रहेका छन् ।
सोमबार दिउँसो घर नजिकैको जंगलमा काफल टिप्ने क्रममा काफलको रुख बाट खसेर उनी घाईते भएका थिए । उनलाई उपचारको लागि मिसन अस्पताल तानसेन ल्याईएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटना सम्बन्धी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।