नेपाल नेत्र ज्योति संघ पाल्पाको २२ औं साधारण सभा तथा अधिवेशन सम्पन्न

पाल्पा,नेपाल नेत्र ज्योति संघ पाल्पाको २२ औं साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । संघले बुधबार तानसेनमा कार्यक्रम गरी अधिवेशन संगै साधारण सभा सम्पन्न गरेको हो ।

सभाको उट्घाटन गर्दै नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सभापति सागर प्रताप राणाले आँखा उपचार केन्द्र लायन्स लाकौल आँखा अस्पतालमा परिणत भएकोमा खुशी व्यक्त गर्दै आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउँदै अघि बढ्न आग्रह गर्नुभयो । उहाँले संघको आजिवन सदस्य बारेमा निश्चित मापदण्ड भएकोले केन्द्रले निर्णय लिने बताउनुभयो । अस्पताललाई लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान भैरहवाले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा पाल्पा उधोग वाणिज्य संघका निबर्तमान अध्यक्ष राजु महर्जन, नेपाल रेड्क्रस सोसाइटी पाल्पाका सभापति बाबुराम कार्की, त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका निमित्त प्रमुख कृष्ण कार्की लगायत शुभकामना मन्तव्य राख्नु भएको थियो । सभामा सचिव भिमसेन कार्कीले वार्षिक प्रतिवेदन, सहकोषाध्यक्ष वेद राम श्रीसले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

अधिवेशनले पुन: बुद्धि प्रसाद शर्माको सभापतित्वमा १३ सदस्य नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । सदस्यहरुमा भीमसेन कार्की, राजेन्द्र लिगल, वेदराम श्रीस, गंगालाल श्रेष्ठ, शुशिल प्रधान, भोजेन्द्र प्रकाश ढकाल, अजय बहादुर श्रेष्ठ, राजु महर्जन, सकुन्तला बज्राचार्य, बाबुराम कार्की, माया देवी बज्रचार्य र लक्ष्मी नेपाल रहनु भएको छ । कार्यसमितिको पहिलो बैठकले समितिका सदस्य बाट पदाधिकारीहरु चयन गर्नेछ ।

सभाको अवसरमा आँखा अस्पतालमा कार्यरत उत्कृष्ट कर्मचारी आँखा उपचार केन्द्र रैनादेबी छहराका इन्चार्ज मनोज शर्मा, २० बर्ष सेवा अबधि पूरा गर्नु भएको कर्मचारी सुनिता प्रधान, सायरा बेगम र राम नारायण सिंह स्थापना काल देखि कार्यसमितिमा रहेर सेवा गर्नु भएको माया देवि बज्राचार्य लगायत लाई सम्मान गर्नुका साथै सम्पुर्ण कर्मचारीहरुलाई मायाको चिनु प्रदान गरिएको थियो । नेपाल नेत्र ज्योति संघ पाल्पाका सभापति बुद्धि प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रम सह–सचिव राजेन्द्र लिगलको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव भिमसेन कार्कीले गर्नु भएको हो ।

तस्वीरहरु राजेन्द्र लिगलको फेसबुक पेज बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?