युवाहरुका लागि निःशुल्क मोटरसाईकल मर्मत तालिम रामपुरमा सुरु

पाल्पा, युवाहरुका लागि निःशुल्क मोटरसाईकल मर्मत तालिम रामपुर पाल्पामा शुरु भएको छ । मञ्जुश्री टेक्निकल ट्रनिङ ईन्ष्टिच्यूट प्रा.लि. काठमाडौको आयोजना, नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यवसायीक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवल रुपन्देहीको आर्थिक सहयोगमा ३ सय ९० घण्टे मोटरसाईकल मर्मत तालिम सुरु भएको हो ।

तालिमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सैद्धान्तिक ज्ञान भन्दा व्यवहारिक ज्ञानको महत्व बढि हुने भन्दै सीप सिकेर स्वरोजगार बन्न आग्रह गर्नुभयो । उहाँले आफुमा भएको व्यवहारिक सीपले जिवनस्तर नै परिवर्तन गर्ने बताउँदै आर्थिक समृद्धि र आत्मनिर्भर बन्नका लागि यो महत्वपूर्ण हुने बताउनुभयो । नगरका युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि तालिम संचालन गरिएको बताउनुभयो । नगर प्रमुख थापाले सीप सिकेर आफै व्यवसाय गर्ने उद्देश्यका साथ सिक्नु पर्ने भन्दै व्यवसायका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ६ का अध्यक्ष दिवाकर देवकोटाले तालिम सहभागिताका लागि मात्र नभई जिवन परिवर्तनका लागि सीक्न र लिन आग्रह गर्नुभयो ।

यस्तै वडा नं. ७ का अध्यक्ष दोवराज तिवारीले बढ्दो वेरोजगारीलाई घटाउन र स्वरोजगार बनाउन तालिम संचालन गरिएकोले ध्यानपूर्वक तालिममा सिकाईएका सीप सिक्न आग्रह गर्दै तालिम सफलताको शुभकामना दिनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका रोजगार सहायक चिरन्जिवि सिग्देलको स्वागत र विक्रम पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?