कालीगण्डकीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका युवाको शव बडभानघाटमा फेला

पाल्पा, कालीगण्डकीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका युवाको शव आज (बिहिवार) फेला परेको छ । रामपुर नगरपालिका–४ कोप्चेघाट बाट गत शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका भारतको हिमान्चल प्रदेश कसैलि घर भएका २१ वर्षिय अभिषेक राउतको शव ५ दिन पछि रामपुर ४ बडभान घाटमा भेटिएको हो ।

उनी नदीमा वेपत्ता भए संगै प्रहरी र स्थानीयले खोजी गर्दै आएका थिए । आज विहान पौने ८ बजे प्रहरी र स्थानीय खोजी गर्दै जाने क्रममा नदी किनारमा आधा डुवेको र अाधा भाग पानी बहिर भएको अवस्थामा फेला पारेको केलादी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक कृष्ण राम तिरुवाले जानकारी दिनुभयो । स्थानीय एक युवकले शव देखे पछि प्रहरी टोलीलाई खबर गरेका थिए ।

युवकको शवलाई नदी बाट निकालेर पोष्टमार्टमको लागि पठाउने तयारी भैरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । भारतको हिमान्चल प्रदेश कसैलि घर भएका राउट रामपुर–५, बेझाँड स्थित एक ट्याटु हाउसमा साथी संग काम सिक्न आएका थिए । शनिवार साथीहरु संगै गएका राउत अपरान्ह ३ बजेर ५० मिनेट जाँदा बेपत्ता भएका थिए । लगतै स्थानीय, प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीले पनि खोजी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?