नेशनल लाईफ द्वारा तिल बहादुरको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी

इमान सिं राना
पाल्पा, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । पूर्वखोला गाउँपालिका–१ लोस्दी घर भई हाल रामपुर नगरपालिका ५ राममन्दिर बस्दै आउनु भएका तिल बहादुर चिदीको परिवारलाई शुक्रबार मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

चिदीको निवास मै पुगेर उहाँको श्रीमति पिनीसरा चिदीलाई कम्पनीले विमाङ्क रकम २ लाख र बोनस ५८ हजार ५ सय ६७ रुपैयाँ गरी २ लाख ५८ हजार ५ सय ६७ रुपैयाँ प्रदान गरेको हो । कालीगण्डकी फाउण्डेशनका अध्यक्ष एवं पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ भण्डारी, नेशनल लाईफ इस्योरेन्स रामपुर शाखाका प्रमुख गोविन्द प्रसाद भट्टराई र कम्पनीका अभिकर्ता गिर बहादुर चिदीले कम्पनीको तर्फ बाट चेक प्रदान गर्नु भएको थियो ।

मृतक चिदीले वि.सं. २०७५ जेठ १७ गते २ लाख बराबरको सावधिक जीवन वीमा योजना कम्पनीका अभिकर्ता गिर बहादुर चिदी मार्फत खरिद गर्नु भएको थियो । विमित चिदीको २०७९ माघ १६ गते विरामी भएर निधन भएको थियो । चिदीले ५ वर्षको अवधीमा प्रिमियम वापत ६९ हजार ५ सय ६३ कम्पनीलाई बुझाउनु भएको थियो । चेक हस्तान्तरण गर्दै कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष भण्डारीले पिडामा रहेको परिवारलाई वीमाले केही हद सम्म भए पनि राहत प्रदान गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?