प्रथम खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता निस्दीमा शनिबार बाट हुँदै


पाल्पा, निस्दी गाउँपालिका पाल्पामा भोलि शनिबार देखि प्रथम खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदैछ । निस्दी गाउँपालिकाको आयोजना र निस्दी भलिबल संघको सह–आयोजनामा निस्दी–५ ढुङ्गानाबेशी स्थित दल बहादुर जर्घा स्मृति खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलदुक भन्ने नाराका साथ नेपालको राष्ट्रिय खेल भलिबलको उत्थान तथा स्थानिय खेल प्रतिभाको उजागर गर्ने उद्देश्यका साथ बैशाख २३ देखि २५ सम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको निस्दी भलिबल संघले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको खेल संयोजक उमेश कुमार गाहाले जानकारी दिनुभयो । प्रतियोगितामा उपाधी विजेता प्रथम, द्वितिय, तृतिय र सान्त्वना समुहलाई क्रमश नगद १ लाख २० हजार रुपैयाँ, ८० हजार रुपैयाँ, ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरस्कार नगद ३ हजार र अन्य विधागत रुपमा उत्कृष्ट खेलाडीलाई २–२ हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्रदान गरिने निस्दी भलिबल संघका वरिष्ठ उपाध्यक्ष धन बहादुर जर्घाले बताउनु भयो । प्रतियोगितामा सहभागीताको लागि शुक्रबार आज सम्म दर्ता खुल्ला गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?