पाल्पा, विश्व रेडक्रस दिवसको अवसरमा पाल्पाको रामपुरमा सरसफाई कार्यक्रम भएको छ । नेपाल रेडक्रस सोसाईटी रामपुर उपशाखाले सरसफाई कार्यक्रम गरी दिवस मनाएको हो ।
रामपुर अस्पताल र कालीगण्डकी आँखा उपचार केन्द्र किसानबारीको परिसर सरसफाई गरी दिवस मनाईएको हो । सरसफाई सम्बन्धी सचेतना जगाउन तथा अस्पताल वरपरको वातावरण सफा राख्नको लागि दिवसको अवसरमा सरसफाई गरिएको नेपाल रेडक्रस सोसाईटी रामपुर उपशाखाका सभापति मनोरथ भट्टराईले जानकारी दिनुभयो ।
मनै देखि सेवा भन्ने नाराका साथ भएको कार्यक्रममा उपशाखाका सभापति संगै रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारी, रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल रमेश, कालीगण्डकी आँखा उपचार केन्द्रका अध्यक्ष भिमविश्व भट्टराई, अन्धकारमुक्ति साकोसका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेल, रेडक्रसका पदाधिकारी आँखा उपचार केन्द्र तथा रामपुर अस्पतालका कर्मचारी र पत्रकारहरु समेत उपस्थिति रहेको थियो ।
सरसफाई टोलीले संकलन भएको फोहोर व्यवस्थापन समेत गरेको छ । नेपाल रेडक्रस सोसाईटीले रामपुरमा पनि विपद् व्यवस्थापन, रक्तदान संगै सामाजिक क्षेत्रमा सक्रिय भुमिका निर्वाह गर्दै आएको छ ।