जंगलको आगो बस्तीमा पसेपछि रामपुर ९ मधुकोटको ५ घरमा क्षति, आगो निभाउने क्रममा दुई घाईते

पाल्पा, जंगल बाट आएको आगो बस्तीमा पसेपछि रामपुर नगरपालिका-९ पाल्पामा ५ घर जलेर नष्ट भएको छ । वडा नं. ९ को मधुकोटमा आगोलागी बाट ५ घर सहित गोठहरु पुर्ण रुपमा जलेको हो ।

मंगलबार दिउँसो साढे ३ बजेको समयमा घर नजिकैको जंगलको आगो वस्तीमा पसेको थियो । आगोलागी बाट दल बहादुर साठीघरे, एेतुराम साठीघरे, खेम बहादुर साठीघरेको १/१ वटा र लोक बहादुर साठीघरेको दुई वटा घर जलेर नष्ट भएको रामपुर नगरपालिका-९ का वडा अध्यक्ष डिल बहादुर रानाले जानकारी दिनुभयो । लोक बहादुरको दुई मध्ये १ घरमा भने आंशिक क्षति भएको छ । आगोले ५ वटा बढी गोठ तथा टहरा जलेको छ ।

मधुकोट जंगलको आगो सुरुमा दल बहादुरको घर नजिकैको कटेरोमा लागेको थियो । दिउँसोको समयमा घरमा कोही नभएको अवस्थामा एक पछि अर्को गर्दै घर तथा गोठहरुमा आगो लागेको थिय‍ो । आगो बाट अन्न, लत्ताकपडा, नगद तथा गरगहना सबै जलेर नष्ट भएको छ । युवा स्वरोजगार अन्तर्गत सडक मर्मतमा खटिएको टोलीले आगो लागेको देखे पछि वस्तुभाउ उद्धार गरेको थियो । केही पशु चौपाया आगोमा परेको अनुमान गरिएको छ ।

अहिले प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । काठ तथा दाउराक‍ थुप्रोमा लागेको आगो पुर्ण रुपमा नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो निभाउने क्रममा दल बहादुर साठीघरे र उनको बुहारी लक्ष्मी साठीघरे घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि रामपुर अस्पताल ल्याईएको छ ।

आगोलागी बाट पिडित परिवार मध्ये केहीलाई नजिकैको छिमेकी र केहीलाई सिद्ध प्राथमिक विद्यालयमा बस्ने व्यवस्था मिलाईएक‍ वडा अध्यक्ष रानाले बताउनुभय‍ो । आगो लागेको खबर संगै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष एवं कांग्रेस महासमिति सदस्य सन्दिप राना, कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई लगाएत जनप्रतिनिधि तथा राजनैतिक दल तथा सरोकारवालाहरु मधुकोट पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?