पाल्पा, अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा घाईते भएका ४ जनाको मृत्यु भएको छ । तिरतिरे खोलाको जंगलमा लागेको आगो पदम वेल्वासेको टिनले छाएको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
आगोलागी बाट घाईते भएका उनीहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार पछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो । मिसन अस्पतालमा उपचार सम्भव नभए पछि काठमाडौं रेफर गरिएको थियो । मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे, ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासे रहेका छन् । गम्भीर घाईते ७२ वर्षीय पिताम्बर वेल्वासेलाई काठमाडौ लैजाँदै गर्दा बाटोमै अवस्था जटपल देखिए पछि रामपुर अस्पताल लगिएको थियो । उनको राती १०स्५८ मा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरका वरिष्ठ प्रहरी नायव निरीक्षक दल बहादुर बुढाले जानकारी दिनुभयो । शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी भैरहेको उहाँले बताउनुभयो ।
५५ वर्षीय पदम वेल्वासेको नारायणघाटमा उपचारको क्रममा, ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको काठमाडौं किर्तीपुर अस्पतालमा पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।