रानीमहलमा जारी राष्ट्रिय बिच भलिबलमा सेमिफाइनल समिकरण पूरा

पाल्पा, पाल्पाको रानीमहलमा जारी राष्ट्रिय पुरुष बिच भलिबलमा शुक्रबार सेमिफाइनल समिकरण पूरा भएको छ । चार समूहमा विभाजित गरेर लिक कम नकआउटको आधारमा गराइएको प्रतिस्पर्धामा समूह ‘ए’ को बिजेता त्रिभुवन आर्मी, समूह ‘सी’ को सशस्त्र प्रहरी बल र समूह ‘डि’ बाट नेपाल प्रहरी र कर्णाली प्रदेश सेमिफाइनल प्रवेश गरेका हुन् ।

आर्मीले समूह चरणको खेलमा सुदुरपश्चिमसम्म परेपनि मैदानमा अनुपस्थित भएपछि सोझै क्वार्टर अन्तिम आठमा प्रवेश गरेको हो । आर्मीले क्वार्टरफाइनलमा मधेश प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । उसले २१–११ र २१–१४ को सेटमा पराजित गरेको हो । समूह चरणको खेलमा कर्णालीलाई नेपाल प्रहरीले पराजित गरेपनि अन्तिम आठको खेलमा भने गण्डकीलाई पराजित गर्दै सेमिफाइन प्रवेश गरेको छ । नेपाल प्रहरीले कर्णालीलाई २१–९ र २३–२१ को सोझो सेटमा पराजित गरेको थियो भने कर्णालीले गण्डकीलाई भने २१–१७ र २१–१४ को सोझो सेटमा पराजित गरेको छ ।

यस्तै समूह चरणको खेलमा सशस्त्र प्रहरी बलले मधेश प्रदेशलाई २१–१२ र २१–१० मा पछि पार्दै क्वाटर्र फाइनल तय गरेको थियो । अन्तिम आठमा प्रवेश गरेका सशस्त्रले लुम्बिनी प्रदेशलाई २१–१० र २१–१२ को सोझो सेटमा पराजित गरेको छ । समूह चरणको खेलमा कर्णालीलाई सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुगेको नेपाल प्रहरीले आयोजक टिमलाई सोझो सेटमा पराजित गरेर सेमिफाइनल प्रवेश गरेको छ । नेपाल प्रहरीले आयोजकलाई २१–९ र २१–१५ को सेटमा पराजित गरेको हो ।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजना र पाल्पा भलिबल संघको सहआयोजनामा जारी प्रतियोगितामा कोशी बाहेक ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी १० टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल पाउनेछ । तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्ने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताउनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?