रामपुरमा महिन्द्रा कम्पनीको सोरुम शुभारम्भ

पाल्पा, शहरीकरण संगै उद्योग तथा व्यवसाय बढ्दो क्रममा रहेको पाल्पाको रामपुरमा महिन्द्रा कम्पनीका गाडीको सोरुम सञ्चालनमा आएको छ । नेपाल मै ३२ औँ सोरुमको रुपमा बुधबार देखि सञ्चालनमा आएको हो । रामपुर अटो भिलेजका सञ्चालक गणेशप्रसाद रेग्मी र कुलमणी रेग्मीले रामपुर नगपालिका–५ बेझाँड बाङ्गेपसल रोडमा सोरुम सञ्चालनमा ल्याउनुभएको हो ।

सोरुमको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विधिवत् रुपमा शुभारम्भ गर्नु भएको हो । सोरुमको शुभारम्भ गर्दै नगर प्रमुख थापाले अहिलेको अवस्थामा सवारी साधनको प्रयोग र बढ्दो माग परिपूर्तिको लागि रामपुर मै सोरुम सञ्चालन हुनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले रामपुरमा महिन्द्रा कम्पनीको सोरुम खुलेपछि सवारी साधन खरिद गर्न सहज हुने बताउनुहुदै ग्रामीण क्षेत्रमा यस कम्पनीबाट बनेका सवारी साधनको प्रयोग बढ्दै गएको बताउनुभयो ।

अग्नी इन कर्पोरेट प्राइभेट लिमिटेड कम्पनीका लागि डेपुटी डाइरेक्टर वरदान बस्नेतले भरपर्दो र विश्वासिलो आरामदायी यात्राका लागि अहिले महिन्द्रा कम्पनीको गाडी गाउँ गाउँमा पुगेको बताउनुभएको थियो । उहाँले रामपुरको बजार अवस्थालाई मध्यनजर गर्दै ३२ औँ शाखा बिस्तार गरेको जानकारी दिनुभयो । रामपुर अटो भिलेजका सञ्चालक कुलमणी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामपुर अटो भिलेजका सञ्चालक चिरन्जीवी सिग्देलले गर्नुभएको हो । बिगत पाँचवर्ष अघि देखि रामपुरमा महिन्द्रा कम्पनी मार्फत रामपुर अटो भिलेजले सर्भिस, स्प्रेयर, पार्टस लगायतका विभिन्न सेवाहरु दिदै आईरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?