घाँस काट्ने क्रममा लडेर घाईते भएका वृद्धको उपचारका क्रममा निधन

पाल्पा, पूर्वखोला गाउँपालिका–५ मा घाँस काट्ने क्रममा लडेर घाइते भएका एक वृद्धको निधन भएको छ । मुत्यु हुनेमा पूर्वखोला–५, विरकोट ढापमा ७४ वर्षिय हरीराम पुन रहेका छन् ।

उनी गत जेठ २ गते घर नजिकैको बारीमा रहेको दबदबेको रुखमा चटी घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मंगलबार राती मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?