धर्मोदय दशावतार वालन सांस्कृतिक समूहको अध्यक्षमा हरि प्रसाद खनाल

पाल्पा, धर्मोदय दशावतार वालन सांस्कृतिक समूह रामपुर पाल्पाको दशौं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले हरि प्रसाद खनालको अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा केशवराज ज्ञावली, सचिवमा दुर्गा प्रसाद भट्टराई, कोषाध्यक्षमा दिपेन्द्र प्रसाद पौड्याल, सहसचिवमा शिवराज पाण्डे रहनु भएको छ । सदस्यहरुमा हुमनाथ पोखरेल, निर्मला पंगेनी, लक्ष्मण भट्टराई र सुनिल आचार्य रहनु भएको छ । समूहको कार्यालय रामपुर नगरपालिका–७ साउनेधारा स्थित दशावतार धाममा भएको अधिवेशनको उट्घाटन गर्दै रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारीले दशावतार वालनले रामपुर नगरको पहिचानमा थप टेवा दिएको बताउनुभयो । उहाँले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि वडा तथा नगरपालिकाले पहल गर्दै आएको जानकारी दिदै दशावतार धामको निर्माणको लागि प्रयास भैरहेको बताउनुभयो ।

नेपाल सरकारका पूर्व उपसचिव कृष्ण प्रसाद पौडेलले बालनको संरक्षण र प्रवद्र्धनको लागि समूहले चालेको कदमको प्रशंसा गर्दै यसको जगेर्नाको लागि सबैको साथ सहयोगको खाँचो रहने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य एवं समूहका आजीवन सदस्य बुद्धिराज गौतम, समुहका सल्लाहाकार एवं नेपाली कांग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराई, रामपुर नगरपालिका वडा नं. ७ का वडा सदस्य एवं न्यायिक समिति सदस्य खेमराज अधिकारी, वडा सदस्य मिठ्ठु मायाँ सुनार, नेपाली कांग्रेस रामपुर ७ का वडा सचिव तिल बहादुर श्रेष्ठ, समुहका सल्लाहाकार गिता पौडेल लम्साल र अजीवन सदस्य गोविन्दशरण उपाध्यायले शुभकामना मन्तव्य राख्नु भएको थियो । साधारण सभाको अवसरमा कोषाध्यक्ष मनोरथ भट्टराई आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
धर्मोदय दशावतार वालन सांस्कृतिक समूहका कार्यवाहक अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव शिवराज पाण्डेको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव दुर्गा प्रसाद भट्टराईले गर्नु भएको हो । यसै अवसरमा दशावतार धाममा भजनकृतन सहित कालिका मालिका पूजा पनि भएको थियो । साथै साँझ विशेष भजन कृतन पनि हुँदैछ । २०७० सालमा स्थापना भएको समूहले स्थापना देखि लोपन्मुख अवस्थामा रहेको दशावतार बालनको संरक्षणको लागि प्रयास गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?