गणतन्त्र दिवसको अवसरमा मटेरी ठूलोटारमा सरसफाई


पाल्पा, भू.पू. सैनिक राईजिङ्ग इङ्गलिश सेकेण्डरी स्कुल रामपुर ५ पाल्पा र नेपाली सेनाले गणतन्त्र दिवसको अवसरमा सरसफाई गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसरमा मटेरी ठूलोटार खेल मैदान तथा विद्यालय प्राङ्गण सरसफाई गरेको हो ।

सुरक्षा बेस क्याम्प रामपुरमा कार्यरत नेपाली सेनाको सहकार्यमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा नेपाली सेना, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सल्लाहाकार, शिक्षक तथा राष्ट्रिय सेवा दलमा आवद्ध विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सरसफाई पूर्व एक कार्यक्रम गरी उद्देश्य माथि जानकारी गराईएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार राज कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल गोपी सिग्देलले उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।

सिग्देलले विद्यालय संगै खेल मैदानको वातावरण सफा राख्न तथा सरसफाई सम्बन्धी सचेतना जगाउन दिवसको अवसरमा कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?