तानसेनमा आँखा सम्बन्धि ५ दिने तालिम शुरु

पाल्पा , नेत्र सहायकहरुका लागि ५ दिने पुनर्ताजकी तालिम तानसेन पाल्पामा सोमबार देखि शुरु भएको छ ।

नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यालय र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश स्तरीय नेत्रसहायक हरु को लागि तालिम प्रदान गरिएको हो । तालिमको उद्घाटन गर्दै लुम्बिनी नेत्रबिज्ञान अध्ययन सस्थानका निर्देशक डाक्टर ज्ञानेन्द्र लामिछानेले आँखा रोग एक प्रकारको जटिल रोग भएकोले नेत्र सहायकहरुको महत्वपूर्ण भुमिका रहने बताउनुभयो। डाक्टर लामिछानेले तालीम आखा सेवाको लागी थप उपचार पद्धति भएकाले व्यबहारमा उतार्न आग्रह गर्नुभयो । तालिममा प्रमुख प्रशिक्षक हुकुम पोखरेल , लुम्बिनी नेत्र बिज्ञान संस्थानका आउटरिच अफिसर सन्जिब अधिकारी लगायतले आँखा रोगको बारेमा बोल्नु भएको थियो ।

लुम्बिनी प्रदेशका १५ जना नेत्र सहायकहरुको सहभागिता रहेको तालिमको सहजिकरण प्रमुख प्रशिक्षक हुकुम पोखरेल, हरि थापा र नवीन बरालले गर्नु भएको छ। नेपाल नेत्रज्योति संघ पाल्पाका सभापति बुद्धि प्रसाद शर्माको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रम उपसभापति भिमसेन कार्कीको स्वागत र सचीव राजेन्द्र लिगलको सञ्चालनमा सम्पन्न भएको हो । साथै सोही अवसरमा पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा १२० जनाको सुगर र रेटिनाको परिक्षण समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?