पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा आइतबार अपरान्ह जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा १२ जना घाईते भएका छन् । रुपन्देहीको सालझण्डी बाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको डबल क्याब जिप ढोरपाटन सडक अन्तर्गत सत्वतीको केवँरेछेडामा दुर्घटना भएको हो ।
मृतक मध्ये दुई महिला र एक पुरुष रहेका छन् । उनीहरुको पहिचान खुलेको छैन । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त जिप सडकदेखि करिक ७० मिटर तल खसेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।