सत्यवती जिप दुर्घटना अपडेट : चालक सहित ४ जनाको मृत्यु, ११ जना घाईते

पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती केवँरेछेडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । चालक सहित ३ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा ११ जना घाईते भएका छन् । मृत्यु हुनेहरुमा अर्घखाँचीको पाणीनि गाउँपालिका १ पडेना अर्घखाँची बस्ने चालक २६ वर्षिय रमेश वि.क., पाणीनी- १ का ५५ वर्षिय स्यामकला परियार, पाणीनि गाउँपालिका -२ पोखराथोकका २५ वर्षिय सीता गौतम र सोही स्थानका २ वर्षिय बालक संयोग गौतमको मृत्यु भएको हो । संयोगको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा अर्घखाँची पाणीनि १ का ६६ वर्षिय राम बहादुर वि.क., पाणीनि- २ का ६ वर्षिय संयोग गौतम, पाणीनी १ का ५ वर्षिय पर्विस्ती पोखरेल, पाणीनि १ का १० वर्षिय सोलिन परियार, पणीनि १ का ४४ वर्षिय विजय विजय पोख्रेल, पाणीनि १ कै ४० वर्षिय विजय हरी गौतम, छत्रकोट गाउँपालिका ४ धरमपानीका ७ वर्षिय समिर पाण्डे, सोही स्थानका १० वर्षिय अनुप सोमरे, गुल्मी रुरु बलेटक्सारका ९ वर्षिय सार्थक ज्ञावली, पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानका ५ वर्षिय अार्या भण्डारी र उनको आमा ३४ वर्षिय लक्ष्मी पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनु भयो । घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरु मध्ये ५ जनाको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, २ जनाको चौराहा अस्पताल बुटवल र ४ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । रुपन्देहीको सालझण्डी बाट अर्घाखाँची तर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको बोलेरो जिप सत्यवतीको केवँरेछेडामा अाईतबार साँझ साढे ५ बजे दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त जिप सडकदेखि करिक ७० मिटर तल खसेको छ । घटनाको विषयमा अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?