अवैध लागुऔषध सहित स्याङ्जा बाट १ जना पक्राउ

स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउन पर्नेमा भक्तपुर जिल्ला घर भई हाल पोखरा महानगरपालिका वडा नं. ४ कास्की बस्ने ५० वर्षिय दिनेश महर्जन रहेका छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पुतली बजार नगरपालिका वडा नं. ४ रामकोष बाट प्रहरीले नियन्त्रणमा लिएको हो । राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरी टोलीले बुटवल बाट पोखरातर्फ जाँदै गरेको ग. २ ख. ५१५ नं.को यात्रु बाहक बस चेकजाँच गर्दा उनको साथ बाट लागुऔषध फेला पारेको थियो ।

प्रहरीले २ एमलको झोल सहितको फेनेर्गन ६४ एम्पुल , नोफिन ६४ एम्पुल र डायजेपाम ६४ एम्पुल गरी जम्मा १९२ एम्पुल अवैध लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो । उनलाई मंगलबार जिल्ला अदालत स्याङ्जा बाट म्याद थप अनुमति लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?