वेरुजु सम्बन्धि प्रकाशित समाचार सामाग्री र टिका टिप्पणी प्रति रामपुर नगर प्रमुख थापाको ध्यानाकर्षण

पाल्पा, महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन सम्बन्धि समाचार र सामाजिक संजालमा भएको टिका टिप्पणी प्रति रामपुर नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै केही संचार माध्यम र सामाजिक संजालमा वेरुजु रकमका सम्बन्धमा केही दिन देखि भई रहेको टिका टिप्पणी प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ६६ करोड ८० लाख ७ हजार रुपैयाँ वेरुजु लेखिएकोमा हाल सम्म नगरपालिकाको वेरुजु रकम ९ करोड असि लाख ७ हजार रुपैयाँ रहेको नगर प्रमुख रमण बहादुर थापा द्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । “आर्थिक बर्ष २०७८÷७९ को महालेखा परीक्षकको प्रतिवेदन अनुसार हाल सम्मको अद्यावधिक वेरुजु रु ६६,८०,०७,०००।–(छैसठ्ठी करोड असि लाख सात हजार )भन्ने प्रतिवेदनमा लेखिएकोमा रामपुर नगरपालिकाको हालसम्मको अद्यावधिक यथार्थ वेरुजु रु ९,८०,०७,०००।– (नौ करोड असि लाख सात हजार) रहेको व्यहोरा सरोकारवाला तथा सर्वसाधारणका लागि जानकारी गराउदछौँ ”– विज्ञप्तिमा भनिएको छ ।

नगर प्रमुख थापाले नेपालको आर्थिक प्रशासनको मूल्य मान्यतालाई आत्मसाथ गर्दै आर्थिक सुशासन प्रवद्र्धनका लागि नगरपालिका सदैव तत्पर रहेको भन्दै वास्तविक तथ्य नखोजी कार्यालयको आर्थिक सुशासन प्रति गरिएको अनर्गल प्रचारको पछि नलाग्न सबैमा अनुरोध समेत गर्नु भएको छ । साथै तथ्य सहितको जानकारी सार्वजनिक गरिने जनाएको छ । विज्ञप्ति मार्फत नगर प्रमुख थापाले नगरपालिकाको वित्तिय कारोबारको शुद्धता , पारदर्शिता तथा विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्न नगरबासीमा अनुरोध समेत गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?