जन्मदिनको अवसरमा विद्यार्थीलाई पिउने पानीको बोतल वितरण

पाल्पा, ज्योति पुञ्ज युवा क्लबका अध्यक्ष एवं ग्लोबल आईएमई बैंक रामपुर शाखामा कार्यरत सुदिप गौतमले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई पिउने पानीको बोतल वितरण गर्नु भएको छ । रामपुर नगरपालिका–७, सर्पराज स्थित विजय प्राथमिक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई पिउने पानीको बोतल प्रदान गर्नु भएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ४५ वटा बोतल प्रदान गर्नु भएको हो । गर्मी मौसम तथा खडेरीको समयमा सफा पिउने पानी लिएर जान सहज होस् भन्ने उद्देश्यले बोतल प्रदान गरिएको गौतमले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक लेख बहादुर बाह्रघरेले वर्षायाममा खानेपानीको सहजै उपलब्ध भए पनि हिउँदको समयमा मुल सुक्नाले खानेपानीको समस्या हुँदै आएकोमा यस कार्यले विद्यार्थीहरुलाई थप राहत मिलेको बताउनुभयो । उहाँले सहयोगको लागि गौतमलाई धन्यवाद दिनुभयो ।

जन्मदिनको अवसरमा गौतमले सामाजिक कार्यमा सहयोग गर्दै आउनु भएको छ । उहाँले गत वर्ष पनि सोही विद्यालयमा पुगेर विद्यार्थीहरुलाई पोसाक वितरण गरी जन्मदिन मनाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?