रामपुर नगरको बेरुजु सके सम्म शुन्य बनाउने नगर प्रमुख थापाको प्रतिवद्धता

पाल्पा, रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगरको बेरुजुलाई सके सम्म शुन्य बनाउने प्रतिवद्धता जनाउनु भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा केही त्रुटी रहेको र सोही प्रतिवेदनको आधारमा समाचार प्रकाशन तथा टिकाटिप्पणी भए पछि सच्याएर आएको प्रतिवेदनको बारेमा जानकारी दिन विहिबार नगरपालिकाले पत्रकार सम्मेलन गरेको थियो ।

महालेखा परीक्षकणको प्रतिवेदन २०७९ मा भएको प्राविधिक त्रुटी सुधार पश्चात बेरुजुको अवस्था बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले यस्तो बताउनु भएको हो । नगर प्रमुख थापाले विधी तथा प्रक्रियाको विषयमा ज्ञान नहुँदा सैद्धान्तिक बेरुजु बढेको देखिएको बताउँदै यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नगरको बेरुजु सके सम्म शुन्यमा झार्न प्रयास गर्नेछौं । यदि नसके अत्यन्तै न्यून गर्न नगरपालिका लागि पर्नेछ ।” थापाले बेरुजुको विषयलाई लिएर जानकार व्यक्तिहरुले बाटै पनि नकारात्म टिप्पणी गरेको देख्दा दुःख लागेको बताउनुभयो । “बेरुजु असुल उपर गर्नु पर्ने, कागजात पेश गर्नु पर्ने र नियमित गर्नु पर्ने हुन्छन् । तर बेरुजु भनेको सबै भ्रष्टाचार ग¥यो भन्ने जसरी टिप्पणीहरु जाने बुझेका जिम्मेवार व्यक्तिहरु बाट हु्ँदा नकारात्मक सोचको प्रभाव बढेको देखिएको छ” उहाँले भन्नुभयो ।

थापाले समाचार सम्प्रेसण बाट नगरको ध्यानाकर्षण भएको जानकारी दिदै धन्यवाद पनि दिनुभयो । उहाँले भन्नुभयो, “समाचार लेखनको क्रममा नगरपालिकामा पनि सोधेको भए राम्रो हुने थियो । तर पनि सच्चिने अवसर प्राप्त भयो । उहाँहरुलाई धन्यवाद दिन चाहान्छु ।” बेरुजुको दर घटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । बजेटको प्रतिशतको आधारमा हेर्ने हो भने रामपुर नगरपालिका जिल्ला कै सबैभन्दा कम बेरुजु भएको पालिका भएको दावी गर्नुभयो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अर्थिक वर्ष २०७८/०७९ को बेरुजु ३ करोड ४७ लाख ७३ हजार र यस अघिको अद्यावधिक बेरुजु ६ करोड ५० लाख १० हजार गरी कुल ९ करोड ९७ लाख ८३ हजार हुनु पर्नेमा यस अघि प्रतिवेदनमा कुल ६६ करोड ८० लाख ७ हजार हुन पुगेको थियो । महालेखाले प्रतिवेदनको विवरण सुधार गरे संगै नगरपालिकाले बेरुजुको अवस्थाको बारेमा स्पष्ट पार्न पत्रकार सम्मेलन गरिएको प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेले सुरु देखि नै थपिदै आएको बेरुजु र गत वर्षको बेरुजुमा अल्या गर्दा त्रुटी देखिएको महालेखा परीक्षकको कार्यालयलाई पत्राचार गरे पछि सच्चिएर आएको बताउनुभयो । गत वर्षको ३ करोड ४७ लाख ७३ हजार बेरुजु मध्ये १० लाख १२ हजार असुल उपर गर्नु पर्ने, ८० लाख १८ हजार प्रमाण कागजपत्र पेश गर्नु पर्ने र २ करोड ५७ लाख ४३ हजार नियमित गर्नु पर्ने बेरुजु रहेको जानकारी दिनुभयो ।

माथिल्लो भाषामा तथ्याङ्क सहि भए तालिकामा फरक पर्दा समस्या आएको भन्दै व्याय अनुसार बेरुजु कायम हुनु पर्नेमा अन्यथा भएकाले प्रतिवेदन र वेव साईटको सूचना संशोधन गरिएको पत्र महालेखा बाट प्राप्त भएको जानकारी दिनुभयो । उहाँले ०७७÷७८ मा ५६ लाख बेरुजु समपरिक्षण भएको र अन्य बेरुजु फस्यौटका लागि पनि पहल गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले बेरुजु कम गर्नका लागि अधिकतम उपाय अपनाएर अघि बढ्ने बताउनुभयो । पत्रकारहरुले राखेका जिज्ञासा माथि आन्तरिक लेखा परीक्षक हृदयश पन्थीले जवाफ दिनु भएको थियो । कार्यक्रमको सञ्चालन प्रेस सल्लाहाकार दान बहादुर हिस्कीले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?