अवैध मल सहितको ट्रक रम्भा-१, हुँगी बाट प्रहरी नियन्त्रणमा

पाल्पा, कालीगण्डकी करिडोर अन्तर्गत पाल्पाको रम्भा गाउँपालिका-१ हुँगी बाट प्रहरीले अवैध मल सहितको ट्रक नियन्त्रणमा लिएको छ । शनिबार विहान नवलपरासी बाट रामपुर तर्फ मल लिएर आउँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

चेक जाँचको क्रममा हुँगी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको हो । ३ सय ७२ बोरा भारतिय रसायनिक मल फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले बताउनुभयो । अवैध मल , ट्रक र गाडि चालक प्रहरी नियन्त्रण मा रहेकाे र साे विषय मा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?