तिनाउ खोलामा कार खस्दा २ जना घाईते

पाल्पा, पाल्पाको तिनाउ खोलामा शनिबार दिउँसो भारतीय नम्वरको कार खस्दा २ जना घाईते भएका छन् । तानसेनबाट बुटवतर्फ जाँदै गरेको यूूपी ४२ विएम १९७३ नम्वरको भारतीय प्लेटको कार तिनाउ गाउँपालिका–५ चर्चरे स्थित सिद्धार्थ राजमार्ग सडक खण्डबाट तिनाउ खोलामा खसेको हो ।

घाइते हुनेमा कार चालक भारत उत्तर प्रदेश अयोध्याका ३६ वर्षीय विनोद वर्मा र सोही ठाउँका ४२ वर्षीय ऋषिकेश सिह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरुको उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । घाइते दुवै जनाको अवस्था सामन्य रहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?