प्रेस चौतारी पाल्पा द्वारा ८ जना पत्रकार पुरस्कृत, संस्थापकहरुलाई सम्मान

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले संस्थामा आवद्ध रहेका पत्रकारलाई पुरस्कृत संग‌ संस्थापकहरुलाई सम्मान गरेको छ । २४ औ स्थापना दिवसको अवसरमा क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत र संस्थापकहरुलाई सम्मान गरेको हो ।

पुरस्कृत हुनेहरुमा भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कारबाट अन्नपूर्णपोष्टमा कार्यरत कृष्ण पोखरेल, सितादेवी स्मृती पर्यटन पत्रकारिता पुरस्कारबाट मेचीकाली दैनिकका पाल्पा संवाददाता नेत्र गैरे र सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझी, गिता स्मृती पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखराका रिमा सोमै, रेडियो पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखरामा कार्यरत विजयकुमार बौडेल, शेष कुमारी लोकप्रसाद स्मृति शिक्षा पत्रकारिता पुरस्कारबाट पृथ्वी टेलिभिजन रामपुरममा कार्यरत कृष्ण पौडेल, पुतली रुप नारायण स्मृती पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो रामपुरका बन्दना पोखरेल, तुलसा तुलबहादुर स्मृती सामाजिक विकास पत्रकारिता पुरस्कारबाट हरि बहादुर वि.क सुवास पुरस्कृत भएका हुन् ।

पुरस्कृत ८ जना पत्रकारलाई प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेश चौतारी नेपालका केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज प्रदिप आचार्य, जिल्ला अध्यक्ष कृष्ण कार्कीले लगायतले नगद पाँच पाँच हजार, सम्मानपत्र सहित दोषल्ला ओढाई पुरस्कृत गर्नु भएको थियो । शाखाले प्रेस चौतारी पाल्पा शाखाका संस्थापक अध्यक्ष केशवराज नेपाल, भगवान भण्डारी, कमलराज तिमिल्सीना, श्रीधर नेपाल, कृष्ण घिमिरे र गिता नेपाल लाई सम्मानपत्र सहित दोषल्ला ओढाएर सम्मान गरेको हो । प्रेस चौतारी नेपाल जिल्ला शाखा पाल्पा केशवराज नेपालको नेतृत्वमा २०५७ सालमा पाल्पामा स्थापना भएको थियो ।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघ भित्र दलका नेता, कर्मचारी, शिक्षक, व्यापारी लगायत सबै क्षेत्रका व्यक्तिहरुले ओघटेका तर पत्रकारीता गर्ने संख्या अल्पमतमा भएकोले पेशा लाई सुद्धिकरणको लागी प्रेश चौतारीले सुर्खेत साधारण सभामा एकसुत्रिय आवाज उठाई कार्यान्वयनको चरणमा गएको बताउनुभयो । अहिले सामाजिक सञ्जालमा भ्रम, तथ्यहिन समाचारको प्रभाव बढ्दै गएकोले यस्तो गलत अभियान लाई चिर्न सामाजिक सञ्जालकै प्रयोग बाट सफल भईने भएकोले त्यसमा सक्रिय भएर लाग्न पत्रकारहरु लाई अध्यक्ष बस्नेतले जोड दिनुभयो ।

नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले पत्रकारीताको मर्म भावना, नैतिक मूल्य मान्यतामा आधारित रहेर सत्य, तथ्य र निष्पक्ष भई काम गर्न सुझाव दिनुभयो । प्रेस चौतारीका केन्द्रिय सचिव प्रदिप आचार्यले महासंघले जारी गरेका नियम र मापदण्ड भन्दा विपरित कुनै पनि सदस्य लाई महासंघमा राख्ने कोशिष कहि कतै बाट भएमा कडा प्रतिवादमा उत्रिने बताउनुभयो । प्रेस चौतारी पाल्पाले शाखाले गरेको काम देशभरीका शाखाले सिको गरेकोले पाल्पा देशकै नमुना शाखा भएको बताउनुभयो ।

पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले केन्द्रले पठाएको मापदण्ड अनुसार नै पाल्पामा सदस्यता सुद्धिकरण गरिने बताउनुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रेश चौतारी लुम्विनी प्रदेश सहइन्चाज कमलराज तिमिल्सीना, नेपाली कांग्रेस पाल्पाका कार्यवाहक सभापती झपेन्द्र गहिरे, नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकाल, राप्रपा पाल्पाकी माया बज्राचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी लगायतले पुरस्कृत तथा सम्मनित व्यक्तिहरु प्रति बधाई दिदै पत्रकारीता दलिय आस्था भन्दा माथी उठेर गर्नुपर्नेमा जोड दिएका थिए । राजनितिक दलहरुले सबै क्षेत्रमा हस्तक्षेप गरेको कारण मुलुकमा दलिय भावना बाहिर जान नसकेको बक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोगका उपाध्यक्ष भगवान भण्डारी, नेपाल प्रेस युनियन पाल्पाका सभापती मन गहिरे, पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँश आत्रेय, पाल्पा उधोग वाणिज्य संघका सचिव विदुर घिमिरे, चौतारी पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपाल, प्रेस चौतारी तानसेन नगर कमिटीकी अध्यक्ष गुणवती केसी, पुरस्कृत व्यक्तिहरुको तर्फ बाट बन्दना पोखरेल लगायतले समाजमा परिवर्तन ल्याउने सबैभन्दा प्रभावकारी माध्यम पत्रकारीता भएकोले स्वच्छ, निष्पक्ष भई दलिय आस्थामा नलागी काम गर्न सुझाव दिएका थिए ।

होटल पौवाको सभाहलमा भएको कार्यक्रम शाखाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज मिलन वि.क.को स्वागत र सचिव नारायण न्यौपानेको संचालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?