चापाकोट ८ दामाचौरमा ३ दिने आधारभूत हाते व्याग बनाउने तालिम सम्पन्न


पाल्पा, चापाकोट नगरपालिका ८ दामाचौर बजार स्याङ्जामा ३ दिने आधरभुत हाते ब्याग बनाउने तालिम सम्पन्न भएको छ । छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय रामपुरको आयोजना भएको तालिमको आइतबार एक कार्यक्रमका विच समापन गरिएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै चापाकोट नगरपालिकाका कार्यपालिका सदस्य तुलसी मानन्धरले लघुबित्तले कर्जा र बचत मात्रै नभएर विभिन्न किसिमको तालिम दिएर सदस्य लाई आत्मनिर्भर हुन सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्न अनुरोध गर्नु भयो । उहाँले एक जुट भएर अगाडि बढ्न सके मात्र आर्थिक तथा सामाजिक रुपान्तरण सम्भव हुने बताउनुभयो । समाजसेवि मिरा अर्यालले सिपलाई व्यावहारमा लागु गरेर आयआर्जन बाट आत्मनिर्भर हुन अनुरोध गर्नु भयो । प्रशिक्षक गायत्री थापाले तालिम राम्रो भएको र सीपको सदुपयोग गर्न आग्रह गर्नु भयो । त्यस्तै सामुदायिक रेडियो रामपुरका पत्रकार रमा भण्डारीले महिलाहरु आफ्नै कारणले पछाडी परेको भन्दै काम गर्न सक्ने तालिम लिन आग्रह गर्नुभयो ।

सहभागीहरु विष्णु मल्ल, सगुन थापा, अमृता मानन्धर र विद्या थापाले तालिममा सिकेको अनुभव बताउदै तालिम उत्कृष्ट रहेको तर समय छोटो भएको बताएका थिए । रामपुर शाखाका प्रबन्धक संकल्प लामिछानेले लघुबित्तले समस्या पारे भन्ने कुरा सबै सत्य नभएको र ऋण लिने र दिने बेलामा सोच्न सकियो भने पछुताउन नपर्ने बताउनुभयो । उहाँले आफै ब्यबसाय गर्न सक्ने भएमा मात्रै परिवार समृद्धि आउने हुने बताउनु भयो । ४८ जना महिला सदस्यहरुको उपस्थिति रहेको तालिमको सहजिकरण प्रशिक्षक गायत्री थापा र रुपा मानन्धरले गर्नु भएको हो । रामपुर शाखा प्रबन्धक लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई प्रमाणपत्र र प्रशिक्षकलाई मायाको चिनो बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?