लिची टिप्ने क्रममा रुख बाट खसेर पाल्पामा एक महिलाको मृत्यु

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–९ मा लिची टिप्ने क्रममा रुख बाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–९ फक्टुङ बस्ने ४५ वर्षिय धना खाँण रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो १ः४० मा आफ्नै बारीमा रहेको लिचीको रुखमा चढेर लिची टिप्ने क्रममा खाँण घाईते हुनु भएको थियो । उहाँलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याईएको थियो । उपचारको क्रममा उहाँको अपरान्ह पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धान पश्चात शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाईएको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?