पाल्पा, नेपाल मगर संघले नेपाल सरकार बाट सार्वजनिक गरिएको भाषा, धर्म र जातिगत तथ्यांक प्रति असहमती राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संघले सार्वजनिक भएको तथ्यांङ्कमा मगर समुदायको थर ‘पुन‘लाई छुट्टै जातिको रुपमा राखी तथ्यांङक सार्वजनिक गरिएको विषयलाई सच्याउन माग गदै मंगलबार प्रधानमन्त्रीलाई सातै प्रदेश सरकारका मूख्यमन्त्री, सबै स्थानिय तह र देशै भरका जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाइएको हो ।
सरकारले ‘पुन’ जातिलाई मगर भन्दा फरक छुट्टै जातिको रुपमा मान्यता दिई तथ्याङक सार्वजनिक गर्नु सरकारको गलत मनसाय र मिलेर बसेको मगर समुदायमा द्वन्दको विजारोपण भएको मगर संघको ठहर छ । ‘इतिहास, भूगोल, भाषा, सस्कृति, भेषभूषा, रहनसहन र प्राचिनताको हिसाबले पुनहरु मगर जातिभित्र एक प्रमुख थर भएको हुनाले ३ दिन भित्र पुन जाति भनि सार्वजनिक गरिएको ९ हजार ८ सय बीस जनाको संख्यालाई मगर समुदायको संख्यामा गाभ्न निर्देशन दिनु हुन प्रधानमन्त्रीज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं ।’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ । साथै नेपाल मगर संघ रामपुर नगर कार्य समिति पाल्पाले पनि केन्द्रिय कार्यसमितिको कार्यक्रम अनुसार रामपुर नगरपालिका पाल्पाका नगर प्रमुख रमण बहादुर थापा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल मगर संघका केन्द्रिय सदस्य क्याप्टेन धन बहादुर राना लगाएत विभिन्न तहमा रहेका संघको पदाधिकारीहरुको उपस्थितिमा नेपाल मगर संघ रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापाले ज्ञापन पत्र बुझाउनु भएको हो । अध्यक्ष हिस्की ज्ञापन पत्र बाचन गरी नगर प्रमुख थापालाई बुझाउनु भएको थियो । कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य थर्क बहादुर राना, जिल्ला उपाध्यक्ष अमिर राना, जिल्ला कोषाध्यक्ष दुर्गादेवी राना, जिल्ला सदस्य मुना थापा, एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष एवं संघका नगर समिति सल्लाहाकार क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, सल्लाहाकार मञ्जु राना, संघका नगर सहअध्यक्ष भोज बहादुर राना, उपाध्यक्ष राम प्रसाद थापा, कोषाध्यक्ष हरी राना थापा, सचिव कमल राना, रामपुर ५ का अध्यक्ष बालु राना लगाएतको सहभागीता रहेको थियो ।
ज्ञापनपत्र बुझ्दै रामपुर नगरपालिकाका प्रमूख रमण बहादुर थापाले यो गम्भिर विषय भएको बताउँदै संघको ज्ञापनपत्र सम्बन्धित ठाउँमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।