नेपाल प्रेस युनियन पाल्पा द्वारा श्रमजीबी बुलेटिन सार्वजनिक

पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाले श्रमजीबी बुलेटिन सार्वजनिक गरेको छ । १० वर्ष देखि निरन्तर प्रकाशन गर्दै आएको बुलेटिनको नयाँ अंक बुधबार तानसेनमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो ।

प्रकाशन गर्दै आएको युनियन पाल्पाको नवौं जिल्ला अधिबेशन पछि नयाँ कार्यसमितीले बर्ष १० अंक १ को बुलेटिन सार्वजनिक गरेको हो । बुलेटिन सार्वजनिक पश्चात कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पाल्पाका कार्यबाहक सभापती एवं प्रेस युनियन पाल्पाका संस्थापक झपेन्द्र गहिरेले नेपाल प्रेस युनियन पाल्पाको संस्थागत विकासका लागी आफ्नो पहल हुने बताउनुभयो । उहाँले युनियन आर्थिक रुपमा बलियो भयो भने अन्य रचनात्मक क्रियाकलपहरु गर्न सजिलो हुने धारणा राख्नुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधब अर्यालले पत्रकार राहात कोष स्थापना गरि पत्रकारको सुरक्षा र भैपरी आउने समस्यालाई सानो भएपनि सहयोग हुने बताउनुभयो । उहाँले राहत कोषमा सहयोगको घोषणा गर्नुभयो । त्यस्तै राहतकोषमा अर्याल सहित प्रेस युनियन अध्यक्ष मन गहिरे, प्रेस युनियन पाल्पाका पूर्ब सभापती झपेन्द्र गहिरे, रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नारायण के.सी. र रिब्दीकोट गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष चुरा बहादुर छहरीले ब्यक्तिगत रुपमा कोषलाई रकम दिने घोषणा गर्नुभयो ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, माथागढी गाउँपालिका अध्यक्ष यम चिदी, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा, नेपाल पत्रकार महासंघका सचिब यज्ञमूर्ती तिमिल्सेना, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्राई लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रम प्रेस युनियन पाल्पा शाखाका अध्यक्ष मन गहिरेको अध्यक्षता उपाध्यक्ष बिष्णु खनालको स्वागत र सचिब बिष्णु घिमिरेको संचालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?