कालिगण्डकीमा डुबेर रामपुर–८, भुजात बाट एक बालिका बेपत्ता

पाल्पा, नुहाउने क्रममा कालिगण्डकीमा डुबेर रामपुर नगरपालिका–८, भुजात बाट एक बालिका बेपत्ता भएको छ । रामपुर ८ भुजात बस्ने टोप बहादुर रामजालीको १४ वर्षिय छोरी पार्वती रामजाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

उनी विहान ११ः१५ मा नुहाउने क्रममा भुजात निर्दिम घाट बाट बालिका बेपत्ता भएकी हुन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?