चापाकोट नगरपालिकाका पूर्व मेयर गिरीको सवारी दुर्घटनामा निधन

पाल्पा, स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको दुर्घटनामा परी शुक्रबार निधन भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत राङखोला बाट स्याङ्जा बजार तर्फ आउँदै गरेको बा १५ च १७०९ नम्बरको स्कारपियो गए राती पुतली बजार नगरपालिका १० बर्जामा दुर्घटना हुँदा ६० वर्षिय गिरीको निधन भएको हो ।

चापाकोट नगरपालिका ४ दार्सिङ बस्ने गिरी
सवार स्कारपियो गयराती ११ बजे अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते हुनु भएको थियो । उहाँलाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाएकोमा उपचारको क्रममा राति ११ः४० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनु भएका गिरीको शव जिल्ला अस्पतालमा रहेको प्रहरीले जनाएको छ । स्कारपियो भित्तामा ठोक्किएर सडकमा पल्टिएको थियो । प्रहरीले सवारी चालक पुतली बजार नगरपालिका ९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?