लोक गायक रामचन्द्र चन्दको ‘मौरी जस्तै’ सार्वजनिक

पाल्पा, लोक गायक तथा सर्जक रामचन्द्र चन्दको नयाँ गीत ‘मौरी जस्तै’ सार्वजनिक भएको छ । गुल्मी घर भएका सर्जनक चन्दले युट्युब च्यानल मार्फत् उक्त नया“ गीत सार्वजनिक गर्नु भएको हो ।

‘ख्याल राख है बैंसको, आधी जोवन गैसको बरै जिन्दगी चल्छ र ? मौरी जस्तै रानु बिनाको, आहै, म नि उस्तै सानु बिनाको’ यी र यस्तै शब्दसहित सार्वजनिक गरिएको गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा चन्दको छ ।

‘यस गीतले छिट्टै लोकप्रियता कमाउने विश्वास छ,’ उनले भने । चन्द संगै टिका प्रसाईको स्वर रहेको छ । शब्द संयोजन विक्रम बाबु विश्वकर्माले गरेका छन् । आज्ञा क्रियसनले निर्माण गरेको गीतलाई प्रिज्मा स्टुडियोले रेकर्ड गरेको हो । संगीत संयोजन नन्दु परियारको छ । कृष्ण बिकले एरेन्ज गरेका छन् । युवा जमातमा लोकप्रियता कमाउने चन्दले बताए । म्युजिक भिडियोको निर्देशन प्रविन थापाले गरेका छन् । अर्जुन सापकोटा, काव्या खड्का र गौरव हमालले अभिनय गरेको गीतले लोकप्रियता कमाउने विश्वास चन्दको छ ।

चन्दले यसअघि पनि चरी रुखैमा….माया सारै छ… भिरमा रुँदै छु… अबदेखि एक्लै हुम्ला म… आमा… अँध्यारो…तीन फुर्के डोरी… घाँटी रेट्नलाई…फुल फुल्यो केसरी…. मेची महाकाली…लगायत दर्जन बढी गीत बजारमा ल्याइसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर चन्द यसअघि देश तथा विदेशमाका मंचमा गीत गाइसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?