पाल्पा, निस्दी गाउँपालिका-३ क्याङरुङ्गमा नेतृत्व विकास तथा उद्घोषण सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । आफ्ना भनाई स्पष्ट राख्न सक्ने सक्षम नेतृत्व उत्पादनका लागि द राईजिङ्ग युथ युनियन क्लव निस्दी-३, क्याङरुङ्गको आयोजनामा भएको तालिम शनिबार सम्पन्न भएको हो ।
लक्ष्मी माध्यमिक विद्यालयको सभाहलमा शुक्रबार देखि भएको तालिमको समापन गरिएको हो । द राईजिङ्ग युथ युनियन क्लवका अध्यक्ष डायमण्ड सोतीको अध्यक्षतामा भएको समापन कार्यक्रम समाजसेवी पदम बहादुर खण्डलुको प्रमुख आतिथ्यतामा भएको हो । सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथीले बालबालिका तथा युवाहरुको प्रतिभा प्रस्फुटनमा तालिमले थप योगदान दिएको बताउनुभयो। उहाँले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न सके थप सार्थकता प्राप्त हुने बताउनुभयो ।
समाजसेवी धन बहादुर खण्डलुकले क्लवले सञ्चालन गरेको कार्यक्रम निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रतिभा प्रस्फुटनमा टेवा पुग्ने बताउनुभयो ।कार्यक्रममा प्रमुख प्रशिक्षक रेडियो पाल्पाका समाचार प्रमुख दानु हिस्की मगर, प्रशिक्षक इमान सिं रानाले क्लवले ग्रामीण क्षेत्रमा रहेर पनि चालेको कदम उदाहरणीय रहेको बताउनुभयो । सहभागीहरुको तर्फ बाट टेक बहादुर सोती र मिलिना खण्डलुकले सहभागीहरुको तर्फ बाट आफ्नो अनुभव मन्तव्य राख्नु भएको थियो । ।
युवाहरुले आफ्ना कुरा सम्बन्धित स्थानमा राख्न नसक्दा समस्या हुने गरेको र उनीहरुको अभिव्यक्ति कला अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको द राईजिङ्ग युथ युनियन क्लव अध्यक्ष डाइमण्ड सोतीले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन सचिव भुम बहादुर खण्डलुकले गर्नु भएको हो । ९० जना बढी युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको तालिमको सहजिकरण पत्रकार दानु हिस्की र इमान सिं रानाको सहजिकरणमा भएको हो ।