कालीगण्डकीमा बेपत्ता बालिकाको शव फेला

पाल्पा, गत विहिबार कालिगण्डकीमा नुहाउने क्रममा रामपुर ८ भुजात  बाट डुबेर बेपत्ता भएको बालिकाको शव फेला परेको छ । रामपुर ८ भुजात बस्ने टोप बहादुर रामजालीको १४ वर्षिय छोरी पार्वती रामजाली बेपत्ता भएकी थिईन् ।

उनको खोजी गर्ने क्रममा आज चौथो दिन शव फेला परेको हो । आईतबार विहान ६ः१५ मा डुवेको स्थान बाट झण्डै १ किलोमिटर तर रामपुर ८ को गैरी घाटमा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि रामपुर अस्पताल लगिएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेके प्रहरीले जनाएको छ ।

उनी गत विहिबार विहान ११ः१५ मा नुहाउने क्रममा भुजात बटम्मा बाट बेपत्ता भएकी थिईन् । त्यस पश्चा प्रहरी र स्थानीयले खोजी गर्दै आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?