पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले वित्तिय साक्षरता सहितको बृहत सहकारी प्रशिक्षण प्रदान गरेको छ । आइतबार रामपुरमा कार्यक्रम गरी प्रशिक्षण प्रदान गरेको हो ।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक समिति सदस्य एवं सिवाईसी साकोसका अध्यक्ष चण्डी प्रसाद शर्माले कार्यक्रममा संस्थाका शेयर सदस्य, सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुलाई प्रशिक्षण दिनु भएको थियो । उहाँले सहकारीको आवश्यकता, सञ्चालक, कर्मचारी र शेयर सदस्यको दायित्व, पूँजी निर्माण तथा परिचालनको विषयमा जानकारी गराउनु भएको हो ।
न्यू होटल श्रीनगरको सभाहलमा भएको कार्यक्रम संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको थियो । संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ओमप्रकाश बस्यालले गर्नु भएको हो ।