राम्दी बाट लागुऔषध सहित १ युवक पक्राउ

पाल्पा, स्याङ्जाको गल्याङ नगरपालिका १ राम्दी बाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । सोमबार विहान ११ः३० बजे पोखरा महानगरपालिका वडा नं. १४ कास्कीका २२ वर्षिय सुमन गुरुङलाई पक्राउ गरेको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजांच गर्ने क्रममा बुटवलबाट पोखरा तर्फ आउँदै गरेको ना. ४ ख. ४७५१ नं. बसमा गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

उनको साथमा बाट २ एमएल झोल सहितको फेनेरगन ४० एम्पुल, नोफिन ४० एम्पुल र डाइजेपाम ४० एम्पुल गरी १ सय २० एम्पुल लागुऔषध बरामद गरेको छ । गुरुङलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?