किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणिकरणका लागि रामपुर ३ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न

पाल्पा, किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणिकरणका लागि रामपुर नगरपालिका वडा नं. ३ मा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको हो ।

किशोर–किशोरी स्वास्थ्य कार्यक्रम अन्तर्गत अभिमुखिकरण प्रदान गरीएको हो । दर्छा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं रामपुर ३ का वडा अध्यक्ष दामोदर पाठकको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उहाँले किशोरावस्थामा शारीरिक परिवर्तन संगै विविध समस्याहरु देखिने भएकाले त्यसको व्यवस्थापनका लागि सेवा आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवाका लागि सहज वातावरण निर्माणमा पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका स्वास्थ्य शाखाका वरिष्ठ नसिङ्ग निरिक्षक पुनम धितालले किशोर किशोरीहरुमा देखिने स्वास्थ्य समस्या, समाधानका उपाय, समतामुलक सेवा प्रदानका विषयमा अभिमुखिकरण प्रदान गर्नु भएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधि, स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी, वडा भित्रका विद्यालयका प्रधानाध्यापक, सामुदायिक महिला स्वास्थ्य स्वंसेविका, स्वास्थ्यकर्मी र किशोर किशोरीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन दर्छा स्वास्थ्य चौकी प्रमुख पुनम जिसीले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?