रामपुर ३ मा प्रगति समिक्षा तथा वार्षिक योजना छनौट सम्बन्धी कार्यक्रम सम्पन्न

पाल्पा, रामपुर नगरपालिका वडा नं. ३ मा चालु आर्थिक वर्षको प्रगति समिक्षा तथा आगामी वर्षको लागि वार्षिक योजना छनौट सम्बन्धी कार्यक्रम भएको छ । वडा कार्यालय रामपुर–३ बगाहामा वडा भेला गरी आर्थिक वर्ष २०८०/०८१ को लागि वार्षिक छनौट तथा चालु आर्थिक वर्षको कार्य प्रगति समीक्षा गरीएको हो ।

कार्यक्रममा रामपुर–३ का वडाध्यक्ष दामोदर पाठकले वडामा सञ्चालन भएका कार्यक्रम तथा योजनाहरुको अवस्था सहित भावी रणनीति बारे प्रकाश पार्नु भएको थियो । वडा सचिव धनेन्द्र खनालले प्रशासनिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा रामपुर नगर सल्लाहाकार उमनाथ अर्याल, नेपाली कांग्रेस रामपुर ३ का सभापति प्रकाश ज्ञावली, एकिकृत समाजवादीका ऋषि खनाल, नेकपा माओवादी केन्द्रका श्याम प्रसाद भट्टराई, जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति खनाल, दर्छा स्वाथ्य चौकी प्रमुख पुनम जि.सी., नेपाल पत्रकार महासघ जिल्ला शाखा पाल्पाका सदस्य दुर्गेश मल्लले आफ्नो सुझाव सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको उद्देश्य माथि वडा सदस्य गोप बहादुर रानाले प्रकाश पार्नु भएको थियो । कार्यक्रम रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठकको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य खगीसरा वि.क.को स्वागत र वडा सचिव धनेन्द्र खनालको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?