पाल्पा, रामपुर नगरपालिकाले निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान तथा उत्कृष्ट विद्यालय, खेलाडी, पत्रकार र कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । रामपुर नगरपालिकाको नगर सभा तथा १३ औं अधिवेशनको अवसरमा आइतबार सम्मान सहित पुरस्कृत गरेको हो ।
नगरपालिकाले रामपुर नगरपालिकाका नगरपालिकाका निवर्तमान उपप्रमुख विष्णु देवी घिमिरे आचार्य, रामपुर १ का निवर्तमान वडाध्यक्ष मित्रलाल कंडेल, २ का निवर्तमान वडाध्यक्ष तारा बहादुर थापा, ३ का निवर्तमान वडाध्यक्ष दिनेश कुमार खनाल, ४ का निवर्तमान वडाध्यक्ष एक बहादुर नेपाली, ५ का निवर्तमान वडाध्यक्ष हिमाल मल्ल, ६ का निवर्तमान वडाध्यक्ष हुमनाथ न्यौपाने, ७ का निवर्तमान वडाध्यक्ष तिर्थ प्रसाद पंगेनी, ८ का निवर्तमान वडाध्यक्ष बोम बहादुर नाम्जाली, ९ का निवर्तमान वडाध्यक्ष इच्छाराम सिंजाली, १० का निवर्तमान वडाध्यक्ष लिल बहादुर गाहालाई खादा ओढाई सम्मान पत्र सहित सम्मान गरेको हो ।
त्यस्तै नगरपालिकाले नगरमा क्रियाशिल पत्रकारहरु मध्ये बाट राष्ट्रिय समाचार समितिका संवाददाता सुशिला रेग्मीलाई पुरस्कृत गरेको छ । साथै नगरपालिकाले नगर भित्रका माध्यमिक विद्यालयहरु मध्ये रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर ५, आधारभूत विद्यालयहरु मध्ये रामपुर आधारभूत विद्यालय रामपुर ५ र प्राथमिक विद्यालयहरु बाट ज्ञानमञ्जरी प्राथमिक विद्यालय रामपुर १ लाई पुरस्कृत गरेको छ । जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल सुरक्षा घिमिरे र नगर प्रहरी तारा बहादुर सेन पनि पुरस्कृत हुनु भएको छ ।
पालिकाले नगरका उत्कृष्ट खेलाडीहरुलाई विद्यागत रुपमा पुरस्कृत गरेको छ । पुरस्कृत हुने खेलाडीहरुमा क्रिकेट तर्फ रामपुर ७ का सुनिल क्षेत्री, व्याटमिण्टन तर्फ रामपुर ६ का मुस्कान कुमाल, पुरुष फुटबल तर्फ रामपुर ७ का संदिप मल्ल, पुरुष भलिबल तर्फ रामपुर ४ का संदिप थापा, महिला भलिबल तर्फ रामपुर ६ का अस्मिता थापा रहनुभएको छ । पुरस्कृत विद्यालय, खेलाडी र व्यक्तिहरुलाई नगद सहित दोसला ओढाई पुरस्कृत गरिएको हो ।
रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानले सम्मान तथा पुरस्कार प्रदान गर्नु भएको हो ।